तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा हेलिकप्टर परिचालन गरिएको छ । नाउरिकोटबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टर घटनास्थलतर्फ परिचालन गरिएको नागरिक उड्डयन कार्यालय मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले रातोपाटीलाई बताए । यार्सागुम्बा टिप्न गएका बाग्लुङका एकजनाले सुरक्षाकर्मीलाई फोटो पठाएपछि थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा तारा एयरको विमान दुर्घटना भएको पुष्टि भएको छ । दुर्घटन