याक र चौँरी पालेर गाउँमा बस्न मान्दैनन् युवा, उनका भाङ्ग्रालाई प्रतिस्थापन गर्‍यो आयातित पोशाकले

नवीन लामिछाने- मनाङ : मनाङको नासोँ गाउँपालिका-४ का सुरेश थकाली पशु व्यवसायी हुन्। पहिले करिब एक सय याक, चौँरी पालेर दूध, मासुका लागि बिक्री गरेर आम्दानी गरिए पनि अहिले घट्दो क्रममा रहेको उनको भनाइ छ। ‘पहिला याक, चौँरी धेरै सङ्ख्यामा पालिन्थ्यो, अहिले त कति छ भनेर आँखा अगाडि भन्न सकिन्छ,…

सम्बन्धित सामग्री

याक चौँरी कृषक महासङ्घको कोशी प्रदेश अध्यक्षमा राई

भोजपुर, २१ माघ । लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन भएका छन् । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ चखेवामा अधिवेशन गरिएको हो । पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा भएको प्रथम अधिवेशनबाट राईको अध्यक्षमा […]

नश्ल सुधारका लागि मुस्ताङ र मनाङका कृषकलाई याक वितरण

पर्वत : मनाङ र मुस्ताङमा पालिने चौँरी गाईको नश्ल सुधारका लागि गण्डकी प्रदेश सरकारले त्यहाँका कृषकहरूका लागि १९ वटा याक (चौँरी गाईको भाले) वितरण गरेको छ।एकै ठाउँमा पालिएका याकबाट धेरै वर्षसम्म प्रजनन गराउँदा हाडनाताको समस्या हुने र त्यसले कृषकलाई राम्रो उत्पादन दिन नसक्ने भएकाले मनाङका कृषकका लागि नौवटा र मुस्ताङका कृषकका लागि १० वटा याक वितरण गरिएको हो।गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत नश्ल सुधारका लागि याक आनुवंशिक स्रोत केन्द्र स

हिउँ र हिउँ चितुवाको मारमा याक र चौँरी

मनाङ – हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो। पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्। यहाँका स्थानीय विस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन्। घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन्। विदेशिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम […]

ओलाङ्चुङगोलावासीलाई घाँसको जोहो गर्न चटारो

ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् । ओलाङ्चुङगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।  चौँरी याक पालक […]

खाद्यान्न ढुवानीमा अहिले पनि चौरी, याक र खच्चडको भर

हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा अझै पनि खच्चड, चौंरी, पिठीए र याकमार्फत खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ। सडक संजाल नजोडिएको र यातायातको पहुँच नपुगेका क्षेत्रहरुमा पशुमार्फत खाद्यान्नसहित उपभोग्य सामग्री...

माथिल्लो मनाङमा धमाधम मर्न थाले याक र चौँरी

मनाङ – मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौँरी एकैसाथ मरे । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो चरन क्षेत्र पर्छ । यहाँ पालिएका याक र चौँरीमा धेरै र्‍याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण […]

पाँचथरमा 'याक फेस्टिभल', तस्वीरहरू

पाँचथर :  नेपालका तीन जिल्लामा मात्र हुने चौँरी महोत्सव ( याक फेस्टिभल)  पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको छ। चौँरी महोत्सव नेपालका ३ जिल्ला पाँचथर दोलखा र रसुवामा  मात्र हुने गरेको छ। यो महोत्सव चैत ३० देखि सुरु भएको हो।महोत्सव वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ। चौँरीको खोज अनुसन्धान गर्नको लागि अमेरिकाबाट आएकी मार्टिनका अनुसार एसियाकै कम स्थानमा मात्रै चौँरी पाइने गर्दछ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतको सिमाना फालेलुङ गाउँपालिका वडा नम्

पाँचथरमा आजदेखि चौँरी महोत्सव

विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।  उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका

हिमपहिरोले चौँरी मर्दा झन्डै २२ लाख क्षति

पर्वत : मुस्ताङको थासाङ गाउँपालिका–२ मा शनिबार बिहान गएको हिमपहिरोबाट करिब २२ लाख बराबरको क्षति भएको छ। बिहान चार बजे मानापाथी हिमालबाट आएको हिमपहिरोमा परी स्थानीय सुशीला गौचनका दुई वटा गोठमा १५ चौँरी गाई र याक मरेको र सात बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए।गोठमा याक र चौँरी गरेर ३५ ओटा रहेको पीडित गौचनले बचाइन्। भाले चौँरी (याक) को मूल्य पोथी चौँरीको भन्दा महँगो हुने बताउँदै उनले पोथी चौँरीकै मूल्य एक लाख रुपैयाँभन्दा

हिउँ खाएरै बाँच्न विवश छन् याक-चौँरी

मनाङ : चिसो बढेसँगै मनाङका मानिसहरू चिसो छल्न जिल्लाबाहिर जाने गर्छन्। याक-चौँरी, भेडा-च्यांग्राका गोठहरू तल बेँसीतिर झार्ने परंपरा भए पनि याक-चौँरीलाई भने चिसो हावापानी नै चाहिन्छ। हिमालको काखमा रहेर हिमाली जडिबुटीले आफ्नो पेट भर्ने यी याक-चौँरीहरू अहिले हिउँ खाएर बाँच्न विवश छन्। लामो समयपछिको ठूलो हिमपातले मन...