नश्ल सुधारका लागि मुस्ताङ र मनाङका कृषकलाई याक वितरण

पर्वत : मनाङ र मुस्ताङमा पालिने चौँरी गाईको नश्ल सुधारका लागि गण्डकी प्रदेश सरकारले त्यहाँका कृषकहरूका लागि १९ वटा याक (चौँरी गाईको भाले) वितरण गरेको छ।एकै ठाउँमा पालिएका याकबाट धेरै वर्षसम्म प्रजनन गराउँदा हाडनाताको समस्या हुने र त्यसले कृषकलाई राम्रो उत्पादन दिन नसक्ने भएकाले मनाङका कृषकका लागि नौवटा र मुस्ताङका कृषकका लागि १० वटा याक वितरण गरिएको हो।गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत नश्ल सुधारका लागि याक आनुवंशिक स्रोत केन्द्र स