पाँचथरमा आजदेखि चौँरी महोत्सव

विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।  उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका

सम्बन्धित सामग्री

पाँचथरमा 'याक फेस्टिभल', तस्वीरहरू

पाँचथर :  नेपालका तीन जिल्लामा मात्र हुने चौँरी महोत्सव ( याक फेस्टिभल)  पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको छ। चौँरी महोत्सव नेपालका ३ जिल्ला पाँचथर दोलखा र रसुवामा  मात्र हुने गरेको छ। यो महोत्सव चैत ३० देखि सुरु भएको हो।महोत्सव वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ। चौँरीको खोज अनुसन्धान गर्नको लागि अमेरिकाबाट आएकी मार्टिनका अनुसार एसियाकै कम स्थानमा मात्रै चौँरी पाइने गर्दछ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतको सिमाना फालेलुङ गाउँपालिका वडा नम्

पाँचथरमा आजदेखि चौँरी महोत्सव

विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिनुभयो ।