नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बैंकले यही साउन ९ गते पहिलो पटक १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेकोमा पुनः दोस्रो पटक १० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आइतबार एक सूचना गर्दै बैंकले साउन १७ गते उक्त ट्रेजरी बिल बिक्री गरिने जनाएउँदै सार्वजनिक बोलकबोल आह्वान गरेको छ । ट्रेजरी बिलको बोलकबोल भने साउन १६ गते दिउँसो ३ बजे हुने बैंकले जनाएको छ । ९१ दिन र १८२ दिने गरी दुई किसिमको बिल बिक्री गर्न लागे