नेपाल राष्ट्र बैंक सोमबार २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि मंगलबार जारी गर्ने गरी ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल २१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री बोलकबोल गर्ने भएको हो । सूचना अनुसार बैंकले सोमबार दिउँसो ३ बजे सार्वजनिक बोलकबोल मार्फत ट्रेजरी बाँडफाँड गर्नेछ । कुल २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी रहेको १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँ