नेपाल राष्ट्र बैंकले फागुन २ गते (सोमबार) ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । बैंकका अनुसार कुल ८ अर्बमध्ये, ९१ दिनका लागि २ अर्ब र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यवसायिक संस्था तथा व्यक्तिगत लगानीकर्ताले