सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफर्ई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ । नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ ।एस२१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ । तीनवटा क्यामेरा, ६.४ इन्चको एफएचडी एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेसरेट भएको सेटले युवा ग्राहकहरूलाई आकर्षित गर्ने सामसङ मोबाइल नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले बताए