गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण
पूर्वपश्चिम राजमार्गको पथलैयाबाट औद्योगिक एवं व्यापारिक नगरी वीरगन्ज जान चाहने जोकोहीले अब विश्वस्तरीय बिजुली बसको सेवा पाउने भएका छन् । स्थानीय व्यवसायीहरुको अग्रसरतामा खोलिएको सुन्दर यातायातले पथलैया–वीरगन्ज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगन्जसम्म बिजुली बसको सेवा दिने भएको हो । सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने सबै तयारी पूरा भएको जानकारी दिएको […]
जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गत असोज तेस्रो साताको अविरल वर्षापछिको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार बाढीपहिराबाट जुम्ला र कालीकोट खण्डमा ९० वटा पोलमा क्षति पुगेको छ । “खलङ्गामा दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन”, उनले भने, “स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली वितरण भइरहेको छ
जुम्ला : असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइनमा (नेशनल ग्रिड) अवरुद्ध भएको छ। बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो। दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्रिय विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए। उनले भने, ‘क्षति भएको स्थानमा मर्मतको काम भईरहेको छ।&
२०६७ सालदेखि निर्माण सुरू भएको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले ११ वर्षपछि अर्थात् २०७८ भदौ अन्तिम सातादेखि उत्पादन सुरू गर्यो । तर, निर्माणमा भएको ढिलाईका कारणले गर्दा यो आयोजना सेयरहोल्डरका लागि भने ‘सेतो हात्ती’ बनेको छ । निर्माण सुरू भएको ११ वर्षपछि उत्पादन सुरू गरेको ४५६ मेगावाट क्षमताको यो आयोजना बिजुली उत्पादनका लागि ‘सुनको अण्डा’ साबित भएपनि सेयरहोल्डरका लागि भने ‘सेतो हात्ती’ बनेको हो ।५ वर्षमा उत्पादन थाल्ने लक्ष्यसहित निर्माण सुरू भए
लमजुङका छन्दीखोला जलविद्युत आयोजनाले उत्पादन गरेको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित बिजुली निर्माण सकिएको ४ महिनापछि व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।आयोजनाले परीक्षण सकेर नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क विद्युत उपलब्ध समेत गराएको थियो । आयोजनाबाट मंसिर पहिलो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि व्यवसायीक रुपमा भने भर्खरै जोडिएको बताइएको छ ।निर्माणको काम साउनमै सकिएर असोजदेखि प्रसारण लाइनमा जोड्ने योजना आयोजनाको थियो । तर, प्
हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन् ।नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २.२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन् । त्यो मेसिनमा माकुराले जालो बनाएको छ
जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो । उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए । उनले भने, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।” विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थिय
लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो सातादेखि बिजुली उत्पादन थाल्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ ।
‘आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ, अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ,’ आयोजनाका साइट इञ्चार्ज दीपक ज्ञवालीले भने, ‘असोज दोस्रो हप्तासम्ममा बिजुली उत्पादन परीक्षण गरिनेछ ।’ गत असारमै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्याएको थियो ।
ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत् गृह, सुरुङ मार्ग, ३ हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ । बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ । रासस
काठमाडौं। अप्पर तामाकोसी जलविद्युत आयोजनाबाट जेठको १० गतेदेखि पहिलो चरणको बिजुली उत्पादन गर्ने तयारी थालिएको छ। आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले कुनै समस्या नआएमा जेठको दोस्रो सातादेखि ७६ मेगावाट विद्युत उत्पादन थालिने बताए। उनले भने, “अहिले हामीले परिक्षण उत्पादन गरिरहेका छौं। परिक्षण सफल बनेर केही समस्या नआए जेठ १० देखि उत्पादन थालिनेछ।”
काठमाडौं। अप्पर तामाकोसी जलविद्युत आयोजनाबाट जेठको १० गतेदेखि पहिलो चरणको बिजुली उत्पादन गर्ने तयारी थालिएको छ। आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले कुनै समस्या नआएमा जेठको दोस्रो सातादेखि ७६ मेगावाट विद्युत उत्पादन थालिने बताए। उनले भने, “अहिले हामीले परिक्षण उत्पादन गरिरहेका छौं। परिक्षण सफल बनेर केही समस्या नआए जेठ १० देखि उत्पादन थालिनेछ।”