लमजुङमा चार मेगावाट बिजुली थपिँदै

जिल्लामा आगामी असोज पहिलो सातादेखि चार मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा माथिल्लो छ्याङ्दीखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि सो परिमाणको बिजुली थपिने भएको हो । उत्पादन परीक्षण भइसकेकाले असोज पहिलो सातादेखि बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए । उनले भने, “असोज पहिलो सातादेखि नै बिजुली उत्पादन हुन्छ ।” विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको थिय

सम्बन्धित सामग्री

लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय ग्रीडमा २७ मेगावाट बिजुली थपिएको छ । साेही आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी मर्स्याङ्दी कोरिडोर मार्फत मध्यमर्स्याङ्दी विद्युतगृहको सिउँडीबारको ग्रीडमा जोडिएको कम्पनीले जनाएको […]

दोर्दी खोलाबाट बिजुली उत्पादन सुरु

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ। दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आइतबारदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए। त्यहाँ प्राधिकरण अध्ययन टोली गएर जाँच गर्न थालेको र चार–पाँच दिनसम्म परीक्षण […]

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु

काठमाडौँ– हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए । उनले भने, ‘हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे […]

दोर्दीखोला करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए ।“हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन्”, आयोजना प्रमुख राणाले भने “कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिनुभएको छ, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।”वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो ।हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवद्र्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ ।मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ ।चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल रु आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि रु २७ करोड लगानी रहेको छ ।

दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो ।आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, “हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न गरेर भोलि शनिबारदेखि पाँच दिन जति बिजुली उत्पादन परीक्षण गर्न लागेका छौँ । पावर हाउ

दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो । आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, ‘हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण […]

मध्यमर्स्याङ्दीमा विद्युत उत्पादन घट्यो

लमजुङ– जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ। हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ। योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ। हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए। उनले भने, ‘पुस लागेसँगै आयोजनाको विद्युत् […]

मध्य मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्यो

जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दीमा जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ ।  हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ ।हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए । उनले भने, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वै

असोज दोस्रो सातादेखि दोर्दीबाट बिजुली उत्पादन

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो सातादेखि बिजुली उत्पादन थाल्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । ‘आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ, अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ,’ आयोजनाका साइट इञ्चार्ज दीपक ज्ञवालीले भने, ‘असोज दोस्रो हप्तासम्ममा बिजुली उत्पादन परीक्षण गरिनेछ ।’ गत असारमै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो । ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत् गृह, सुरुङ मार्ग, ३ हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ । बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युत्गृह रहेको छ । रासस

असोजको दोस्रो साताबाट दोर्दीखोला जलविद्युतले बिजुली उत्पादन गर्ने

भदौ २३, लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो साताबाट बिजुली उत्पादन थाल्ने भएको छ ।      हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको बताए । दोस्रो हप्तासम्म बिजुली उत्पादन परीक्षण गरिनेछ । गत असारमा नै बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि असार १ गतेको बाढीले आयोजनाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो । ज्ञवालीका अनुसार आयोजनाको बाँधस्थल, विद्युत गृह, सुरुङ मार्ग, ३ हजार २०० मिटर पाइपलाइन बिछ्याउने लगायतका सबै काम सम्पन्न भएको छ । आयोजनाले २०७२ फागुनदेखि निर्माण कार्य थालनी गरेर २०७५ भदौ १५ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।नाकाबन्दी, विद्युत गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ ।             बेँसीशहर नगरपालिका–११ रामचोक बेंसीमा पावरहाउस रहेको छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पीपीए सम्झौता विसं २०६९ असार १ गते भइसकेको आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए । रासस