२०६७ सालदेखि निर्माण सुरू भएको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले ११ वर्षपछि अर्थात् २०७८ भदौ अन्तिम सातादेखि उत्पादन सुरू गर्यो । तर, निर्माणमा भएको ढिलाईका कारणले गर्दा यो आयोजना सेयरहोल्डरका लागि भने ‘सेतो हात्ती’ बनेको छ । निर्माण सुरू भएको ११ वर्षपछि उत्पादन सुरू गरेको ४५६ मेगावाट क्षमताको यो आयोजना बिजुली उत्पादनका लागि ‘सुनको अण्डा’ साबित भएपनि सेयरहोल्डरका लागि भने ‘सेतो हात्ती’ बनेको हो ।५ वर्षमा उत्पादन थाल्ने लक्ष्यसहित निर्माण सुरू भए