जेठ १० देखि अप्पर तामाकोसीबाट बिजुली बाल्ने तयारी

काठमाडौं। अप्पर तामाकोसी जलविद्युत आयोजनाबाट जेठको १० गतेदेखि पहिलो चरणको बिजुली उत्पादन गर्ने तयारी थालिएको छ। आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले कुनै समस्या नआएमा जेठको दोस्रो सातादेखि ७६ मेगावाट विद्युत उत्पादन थालिने बताए। उनले भने, “अहिले हामीले परिक्षण उत्पादन गरिरहेका छौं। परिक्षण सफल बनेर केही समस्या नआए जेठ १० देखि उत्पादन थालिनेछ।”