बाढीपहिरोले जुम्लामा नेशनल ग्रिडको बिजुली दुई सातादेखि अवरुद्ध

जुम्ला : असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइनमा (नेशनल ग्रिड) अवरुद्ध भएको छ। बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको  हो। दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्रिय विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए। उनले भने, ‘क्षति भएको स्थानमा मर्मतको काम भईरहेको छ।&

सम्बन्धित सामग्री

दुई सातादेखि खलङ्गामा बिजुली गायब

गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध

जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गत असोज तेस्रो साताको अविरल वर्षापछिको बाढीपहिराले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार बाढीपहिराबाट जुम्ला र कालीकोट खण्डमा ९० वटा पोलमा क्षति पुगेको छ । “खलङ्गामा दुई सातादेखि विद्युत् आपूर्ति भएको छैन”, उनले भने, “स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली वितरण भइरहेको छ

मुगु एक सातादेखि अन्धकार

हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन् ।नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहको २.२ सय किलोवाट क्षमताका मेसिनमध्ये एउटा मेसिन २०६८ सालबाट चलेको छैन् । त्यो मेसिनमा माकुराले जालो बनाएको छ