काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४–० गोलले हरायो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई तथा राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स २४ अङ्कसहित १२ औँ स्थानमा छ ।आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । मना...