प्रतिबन्धको बेलाभन्दा पनि कम आयात

दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ । काठमाडौं। चालू आर्थिक वर्ष (आव) को ५ महीनामा केही वस्तु आयातमा प्रतिबन्ध लागेको गतवर्षको सोही अवधिको भन्दा पनि कम वस्तु आयात भएको तथ्यांक आइतवार भन्सार विभागले सार्वजनिक गरेको छ । यसले सरकार र केन्द्रीय बैंकको प्रयास हुँदाहुँदै पनि आर्थिक गतिविधि चलायमान हुन नसकेको तथा बजारमा माग सृजना नभएको देखाउँछ ।  अघिल्लो आव २०७९/८० को साउनदेखि मङ्सिरसम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो । यसपालि ६ खर्ब ४२ अर्ब २० करोडमा सीमित भएको छ । यसपालिको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ३९ प्रतिशतले कम हो ।  गतवर्ष भदौ १४ गतेसम्म २०७९ वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा लगाइएको प्रतिबन्ध कायमै थियो । फलस्वरूप उक्त अवधिसम्म एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात हुन पाएको थिएन ।  भदौ १४ पछि कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात प्रतिबन्ध फुकुवा गरिएको थियो । बाँकी वस्तुको आयात प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायमै थियो । पोहोर पुस १ गतेबाट बाँकी चार वस्तु आयातमा कायम प्रतिबन्ध हटे पनि कुल आयात नबढेको भन्सारको तथ्यांकले पुष्टि गरेको छ ।  दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ ।  कात्तिकको तुलनामा मङ्सिरमा आयातनिर्यात दुवै बढेको देखिए पनि यसले खासै अर्थ राख्दैन । गत कात्तिकमा दशैं, तिहारजस्ता प्रमुख पर्वका कारण लामो बिदा परेकाले अरू महीनाको तुलनामा आयातनिर्यात घटेको देखिएको हो । दशैं र तिहारका कारण कात्तिकमा १६ दिन मात्रै सरकारी कार्यालय र बैंक, वित्तीय संस्था खुलेका थिए ।  विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मङ्सिरमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । कात्तिकमा १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात गर्दा ९ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।  चालू आवको ५ महीनाको समग्र वैदेशिक व्यापार भने गतवर्षको सोही अवधिको तुलनामा ३ दशमलव ६४ प्रतिशतले कम हो । गत आवको मङ्सिरसम्ममा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा यस वर्ष सोही अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ ।  गत मङ्सिरसम्ममा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो पोहोरको तुलनामा ६ दशमलव शून्य ९ प्रतिशतले कम हो ।  राष्ट्र बैंकले बाह्य क्षेत्रको अवस्था सबल भएको भन्दै मौद्रिक नीतिको समीक्षा गर्दा ब्याजदरसमेत घटाइसकेको छ । त्यसपछि बैंकहरूले पनि ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिइरहेका छन् ।  विदेशी मुद्राको सञ्चिति सहज भएपछि सरकारले आयात प्रतिबन्ध खुला गर्नुका साथै नेपाल राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गरेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव २ प्रतिशतले बढेर २०८० कात्तिकमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । यो सञ्चिति १३ दशमलव ६ महीनाको वस्तु र ११ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले बताएको छ ।  आयातनिर्यात घटेपछि व्यापारघाटा पनि घटेको छ । गतवर्षको ५ महीनामा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएकोमा चालू वर्षको सोही अवधिमा ५ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । 

सम्बन्धित सामग्री

प्रदूषण कम गर्ने केही उपाय

प्रदूषणका कारण मानिसमा विभिन्न समस्या देखिन्छन् । तर, जीवनमा थोरै परिवर्तन ल्याएर यसको असर कम गर्न सकिन्छ । हामीले टेकेको धर्तीसँग हाम्रो जीवन जोडिएको हुनाले यसको रक्षाका लागि हामीले केही...

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

कञ्चनपुरमा लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन

कञ्चनपुरमा भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ। गत आर्थिक वर्ष ०७९/०८० मा पनि लक्ष्यभन्दा कम भन्सार संकलन भएको हो। भन्सार कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार...

कम्मर दुखाइ कम गर्न यी योगासन

- मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ ।  - त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम...

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले कम सङ्ख्यामा शिक्षक छनोट हुनु चिन्ताजनक अवस्था रहेको […]

कम हुन थाले डेंगुका बिरामी

जाडोयाम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीको संख्या कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडोयाम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

रक्तचाप कम भए वेवास्था नगर्नुहोस्, हृदयघात हुन सक्छ

एजेन्सी, २७ भदौ । यदि तपाईको रक्तचाप प्रायः कम भइरहन्छ भने यस्तो अवस्थालाई हल्का रूपमा लिनु हुँदैन। यदि रक्तचाप धेरै कम छ भने, हृदयघात देखि अंग विफलता जस्ता खतरनाक अवस्थाहरू उत्पन्न हुन सक्छन् । कम रक्तचाप कम रक्तचाप वा कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप रिडिङ ९० र ६० भन्दा कम […]

साताको संक्रमण दर एक प्रतिशतभन्दा कम

विश्वबाट वर्तमान कोरोना प्यान्डेमिक निर्मूल हुने क्रममा हाल यस संक्रमण निकै कम देशमा सीमित भइसकेको छ। विश्वका अधिकांश देशमा दैनिक संक्रमण दर ५% भन्दा कम भइसकेको छ जुन प्यान्डेमिक कालमा डब्लुएचओको मापदण्डभन्दा कम अर्थात् मापदण्डभित्र पर्छ। दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रण मानिन्छ भने ३०% माथि हुनु अति उच्च संक्रमण […]

मेडिकेसन इरर के हो? कसरी कम गर्ने?

फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० भनिने सुगर कम गर्ने औषधि दिएछन्।

कञ्चनपुरमा पूर्वसूचनाले क्षति कम

दुर्गा उपाध्यायकञ्चनपुर । प्राकृतिक विपत्ति सम्बन्धि पूर्व सूचना दिने प्रविधिले कञ्चनपुरमा बाढीबाट हुने जनधनको क्षति निकै कम भएको छ । गत शुक्रबार दोदा नदीमा आएको बाढीका बारेमा स्थानीयले पूर्व सूचना पाएकाले आवश्यक तयारी गर्न भ्याउँदा निकै कम मात्रै क्षति भएको हो । गत शुक्रबार मध्यरातमा कञ्चनपुरको पुर्नवास नगरपालिका– ५ सिमरीका दिनदयाल रानालाई आफन्तको फोन आयो […]