काठमाडौं, (नेस) । कर फछ्र्यौट आयोगले कर मिनाहा गर्दा अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित सह–सचिव चूडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन् । आयोगमा सदस्यका रूपमा रहँदा व्यवसायीलाई गैरकानुनी रूपमा लाभ पुग्नेगरी कर छुट दिएको अभियोग लागेका शर्मालाई अदालतले ५० लाख धरौटी मागेपछि शर्माले ५० लाख धरौटी बुझाउनुभएको थियो । […]