धनगढीमा मोबाइल पसलबाट मोबाइल चोरी गरेको अभियोगमा दुई जना प्रहरी निलम्बित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो ।
मोबाइल चोरी गरेको सिसिटिभीको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको...