६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

६ हजार घुससहित ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव पक्राउ परेका छन् ।  भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइथप अनुस

सम्बन्धित सामग्री

६ हजार घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् । भारतबाट …

छ हजार सहित प्रहरी हवल्दार पक्राउ

इनरुवा / घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका... The post छ हजार सहित प्रहरी हवल्दार पक्राउ appeared first on Purbeli News.