तिहार नजिकिँदै गर्दा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा मखमली फूल टिप्दै किसान । मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइ दिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दीर्घायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । तस्वीर : रासस