काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ । स्थानीयवासीलाई फूल टिप्ने र माला बनाउने चटारोले भ्याई-नभ्याई छ । किसानले खेतमा फूल रोपेर व्यापार गर्दै […]