काठमाडौं : यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ ।तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ। किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयहरूको भनाइ छ।यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर