विराटनगर : घरपरिवारको हेरचाह, चुलाचौकाको चारकुनामा बित्ने महिलाको दैनिकी पछिल्लो समय फराकिलो बन्दै गएको छ।विगतका दिनमा नारीका वेदनाले भरिएका गीतका शब्द विस्तारै हराउँदै गएका छन्। समयसँगै आर्थिक एवं सामाजिक रूपमा नारी सशक्त हुँदै गएको पाइन्छ। घरपरिवारको जिम्मेवारीसँगै बाहिरी काम (कार्यालय, व्यापार बिजनेसमा) आफूलाई अगाडि बढाउँदै गर्दा धेरैजसो महिला आत्मनिर्भर बन्दै गएको छ। बाहिरी काममा महिला जोडिनेसँगै छोडिने पनि उत्तिकै पाइन्छ। अर्थात् घरपरिवार, बच्चालाई रेखदेख गर्ने समय निकाल्न गाह्रो हुँदा