काठमाडौंमा पञ्चदान पर्व

ललितपुर : दान धर्म गर्दै काठमाडौंमा बिहीबार पञ्चदान पर्व मनाइँदैछ। हरेक वर्षको भाद्र कृष्ण त्रयोदशी प्रदोष व्रतका दिन यो पर्व मनाउने गरिन्छ।  आफू मात्र लिने नभई अरूलाई पनि दिने प्रवृत्तिको उदाहरणको रुपमा यो पर्वलाई लिने गरिन्छ। नेवार समुदायअन्तर्गत रहेका बौद्ध धर्मावलम्बीहरूले यो पर्व मनाउने गर्छन्।बज्र्राचार्य तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी आदि दान गरी यो पर्व मनाइने चलन छ। यसरी दान गर्दा बहा बही अथवा घरका आगनमा दीपंकर बुद्धका मूर्ति , देवदेवी तथ

सम्बन्धित सामग्री

भक्तपुरमा मनाइयो पञ्चदान पर्व

९ भदौ, भक्तपुर । भक्तपुरमा नेवार समुदायले मंगलबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने […]

भक्तपुरमा धुमधामसँग मनाइयो ३६७ वर्ष पुरानो पञ्चदान पर्व

भक्तपुर । भक्तपुरका बौद्धमार्गीले बिहीबार पञ्चदान पर्व धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण पक्ष त्रयोदशीका दिन भक्तपुरमा पञ्चदान पर्व मनाइने प्रचलन छ । अघिल्ला वर्ष कोरोना भाइरस संक्रमणले प्रभावित पञ्चदान पर्व यस वर्ष हर्षोल्लाषका साथ मनाइएको हाे । बौद्ध दर्शनमा दानदातव्यलाई पवित्र मानिएको छ । त्यसैले पञ्चदान पर्वमा नेपालभाषी बौद्धमार्गीहरुले आफ्नो वरपर रहेका […]

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

काठमाडौँ,९ भदौ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको यस विषयमा खोज अनुसन्धान […]

नेवार समुदायमा पञ्चदान पर्व मनाइँदै

काठमाडौँ । नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको यस विषयमा खोज अनुसन्धान गरिरहेका […]

बौद्धमार्गी नेवार समुदायले आज पञ्चदान पर्व मनाउँदै

काठमाडौं । आज बिहीबार नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार बिहीबार नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ […]

बौद्ध धर्मावलम्बीहरुले मनाए पञ्चदान पर्व (तस्बिरहरु)

काठमाडौँ- ललितपुरको नागबहालमा बौद्ध धर्मावलम्वीहरु पञ्चदान पर्वमा सरिक भएका छन्। बौद्ध धर्मावलम्वीहरुले शुक्रबार बज्राचार्य, चैलक (चीबहालमा चुडाकर्म गरेकाहरु) तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन रोटी आदि दान गरी पञ्चदान पर्व मनाएको स्थानीयबासीले जानकारी गराएका छन्। पञ्चदानमा नालाका सृष्टिकान्त लोकेश्वर, ललितपुरका पद्मपाणी लोकेश्वर, चोभारका आनन्दी लाकेश्वर र काठमाडौंका अमोघपाश लोकेश्वरका प्रतिनिधि पनि पञ्चदान ग्रहण […]

पञ्चदान पर्व औपचारिकता सीमित

भादगाउँ । भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारीदिनुभयो । उहाँले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याए बढी भीड भई सङ्क्रमण चाँडै फैलन सक्ने जोखिम हुँदा बिहारभित्र नै पूजा गरी […]

बौद्ध संस्कृति अनुसार आज पञ्चदान पर्व मनाईंदै

काठमाडौं । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ । एक दिन अघि बुद्ध […]

भक्तपुरको पञ्चदान पर्व तस्बिरमा

नगरभित्रका विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा तथा दान दिएर ‘पञ्चदान’ पर्व भक्तपुरमा मनाईएको छ ।

मनाइयो पञ्चदान पर्व

पाँचवटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई शनिबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भा›कृष्ण त्रयोदशी  (पञ्चदान चर्‍हे) का दिन भक्तपुरमा यो पर्व मनाइन्छ।