रावा इनर्जीको आईपीओ जेठ १८ गते खुल्ने

काठमाडौँ – रावा इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो। यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० […]

सम्बन्धित सामग्री

झापा इनर्जीको वार्षिक साधारण सभा माघ २३ मा , आईपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । झापा इनर्जी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा माघ २३ गते गर्ने भएको छ । सभा परियोजना स्थल शिवसताक्षी ४ बुलचोक झापामा बिहान १० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।  सभाले आयोजना प्रभावित स्थानियबासी र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

रावा इनर्जी र मोदी इनर्जीको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलवार (आज) दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता र मोदी इनर्जीको २ करोड ९० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । रावा इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ८३ दशमलव १० देखि २४९ दशमलव ३० ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले  लगानी गरेको १९ लाख ६० हजार गरेर कुल २८ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल आरएडब्लुए (रावा) रहेको छ । त्यस्तै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी गराएको छ ।  त्यस्तै मोदी इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको रू. ९२ दशमलव ५७ देखि २७७ दशमलव ७१ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ७२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको २ करोड १७ लाख ५० हजार गरेर कुल २ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एमईएल रहेको छ । त्यस्तै कमपनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडबाट हुने जानकारी गराएको छ ।  हेर्नुस् सूचना

रावा इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ७ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । मंगलवार विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा ११ लाख ८५ हजार २०६ जना आवेदकले १ करोड २९ लाख ८६ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । १० लाख ७७ हजार ७४० जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको हो ।जसमध्ये ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले शेयर पाएका छन् । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता शेयर पाएका हुन् । कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।

रावा इनर्जीको आईपीओ मंगलवार बाँडफाँट हुने, कति जनाले पाउँछन शेयर ?

काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ भोलि जेठ २९ गते मंगलवार बाँडफाँट हुँदै छ । विक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल कमलादीमा अपराह्न ४ बजे बाँडफाँट हुनेछ । यो आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १९.८२ गुणा बढी ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता शेयर माग भएको छ । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले शेयर पाउनेछन् । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १-१ कित्ता शेयर पाउनेछन् । कम्पनीले जेठ १८ देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।

मोदी इनर्जीको आईपीओ बाँडफाँट

मोदी इनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । उक्त आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन […]

मोदी इनर्जीको आईपीओ बिक्री खुला

मोदी ईनर्जी लिमिटेडले मंगलबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० […]

भूगोल इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं– भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथामार्फत  सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।  भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये […]

सिंगटी हाइड्रो इनर्जीको आईपीओ डिम्याट खातामा

वैशाख १४, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । मेरो शेयरमा एसएचइएल को स्टक संकेतबाट उक्त कम्पनीको आईपीओ आएको हो । कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरेको हो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो । उक्त आईपीओ गत चैत २७ गते बाँडफाँट गरिएको थियो । कम्पनीको आईपओ बाँडफाँट गर्दा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।  कम्पनीको शेयरले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १०० भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन  गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ता माग भएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द […]