काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ भोलि जेठ २९ गते मंगलवार बाँडफाँट हुँदै छ ।
विक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल कमलादीमा अपराह्न ४ बजे बाँडफाँट हुनेछ । यो आईपीओमा अन्तिम दिनसम्म मागभन्दा १९.८२ गुणा बढी ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता शेयर माग भएको छ ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले शेयर पाउनेछन् । तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १-१ कित्ता शेयर पाउनेछन् । कम्पनीले जेठ १८ देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।