काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलवार (आज) दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता र मोदी इनर्जीको २ करोड ९० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
रावा इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ८३ दशमलव १० देखि २४९ दशमलव ३० ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको १९ लाख ६० हजार गरेर कुल २८ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल आरएडब्लुए (रावा) रहेको छ । त्यस्तै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी गराएको छ ।
त्यस्तै मोदी इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको रू. ९२ दशमलव ५७ देखि २७७ दशमलव ७१ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ७२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको २ करोड १७ लाख ५० हजार गरेर कुल २ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल एमईएल रहेको छ । त्यस्तै कमपनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडबाट हुने जानकारी गराएको छ ।
हेर्नुस् सूचना