काठमाडौं : गत ४ महिनामा खाद्यान्न‚ दूध र अण्डामा करिब १० प्रतिशतले महँगी बढेको छ।चालू आव ०७९/८० को साउनदेखि कात्तिकसम्म दुग्धजन्य पदार्थ र अण्डामा ९ दशमलव ३३ प्रतिशतले मूल्य वृद्धि भएको छ भने खाद्यान्न तथा खाद्यजन्य पदार्थमा ९ दशमलव १९ प्रतिशतले महँगी बढेको हो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि पनि गत वर्षको तुलनामा २ प्रतिशतले बढेर ८ दशमलव ०८ प्रतिशत पुगेको छ। अघिल्लो आवको ४ म