काठमाण्डाै – डेंगीको ज्वरो कम भएपछि स्वास्थ्यमा थप जटिल समस्या आउन सक्ने भन्दै डाक्टरले सचेत रहन आग्रह गरेका छन् ।
ज्वरो कम भएपछि डेंगी निको भएको भन्दै लापरबाही गर्दा ज्यानै जाने जोखिम हुन्छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार ज्वरो घटेपछि कतिपयमा जटिल अवस्था अर्थात् ‘क्रिटिकल फेज’ सुरू हुने गर्दछ । यो सामान्यतया २४ देखि ४८ घण्टामा देखिने गर्दछ ।
यो समयमा पेट वा फोक्सोमा पानी जम्ने सम्भावना रहन्छ । यस्तो अवस्था एक्सरे तथा अल्ट्रासाउन्ड मेसिनबाट पत्ता लगाउन सकिन्छ । यो समयमा बिरामी अचेत अ...