काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताउनुभयाे । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा […]