काठमाण्डाै - डोल्पामा हिउँ चितुवा र मानव द्वन्द्व बढ्दै गएको छ । हिउँ चितुवाले भेडा–च्याङ्ग्रा तथा चौरी मार्ने घटना बढेपछि हिउँ चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको हो ।
केही समय अघि डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर १ का डाक्वा गुरुङका ५२ वटा च्याङ्ग्रा हिउँ चितुवाले एकै रात मार्यो । त्योभन्दा अघि अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा मारिए । यसरी हिउँ चितुवाले गोठभरकै पशुचौपाया मारेपछि किसान पीडित हुनुको साथै द्वन्द्व पनि बढेको हो ।
आधा समय हिउँले ढाक्ने उप...