काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो। कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन्।घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्।घोषणा