व्यासमा ५६ प्रतिशत योजना सम्पन्न

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा एक हजार २४५ योजना रहेकामा ६९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा ४४४ योजना सम्झौता भएका, एक सय तीन योजना सम्झौना हुन बाँकी रहेका र चार सूचना प्रकाशनमा गएको […]

सम्बन्धित सामग्री

धौलागिरिमा ९२ प्रतिशत योजना सम्पन्न

म्याग्दी, २२ असार । म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको छ । धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश […]

पातारासीका ८० प्रतिशत योजना सम्पन्न

विगतका वर्षमा जेठ सकिनै लाग्दा उपभोक्ताको भीड हुने पातारासी गाउँपालिका यस वर्ष आजभोलि सुनशान छ । विगतका वर्षमा योजना सम्झौता गर्ने, भुक्तानी लिने उपभोक्ताको भीड हुन्थ्यो । प्राविधिक कर्मचारी, लेखा शाखाका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतलाई कसैसँग बोल्ने फुर्सदमात्र हैन्, खानानास्ताखाने समय पनि हुन्नथ्यो । त्यस्तै योजना अनुगमन, सिफारिसजस्ता कुराको उस्तै चटारो हुन्थ्यो भने, समग्रमा […]

बेनी नगरपालिकाको अधिकांश योजना सम्पन्न

म्याग्दी, ४ असार । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ । चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका तीन सय ४२ मध्ये जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले तीन सय ३० योजना उपभोक्ता समिति र […]

व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न

काठमाडौं,१३ जेठ । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन योजना […]

सुन्दरबजारमा ३३ प्रतिशत योजना सम्पन्न

लमजुङ– लमजुङको सुन्दरबजार नगरपालिकामा चालु आर्थिक वर्ष भित्र कार्यान्वयन हुने गरी सम्झौता भएका योजना मध्ये करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७९-०८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी वडा वडामा छनौट भएका योजना मध्ये ३३ प्रतिशतले भुक्तानी लिइसकेको योजना शाखाका प्रमुख ऋषिराम पौडेलले बताए । नगरपालिकामा वडागत योजना मध्ये […]

कर्णालीको जलस्रोत मन्त्रालयले आगामी आवमा ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्रदेशको  जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ४० प्रतिशत अधुरा आयोजनाहरुलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै भने,‘हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड नभएको र तिनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुविधा उत्पन्न भएको छ । यसलाई व्यवस्थित बना

४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारको लक्ष्य छ : मन्त्री सिंह

सुर्खेत- जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ४० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । हालसम्म पनि बजेट तर्जुमाको  स्पष्ट मापदण्ड नबन्दा र तीनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुबिधा उत्पन्न भएको र यसलाई व्यवस्थित बनाएर लैजाने प्रयास भइरहेको […]

तमानखोला गाउँपालिकामा लक्ष्य अनुसार योजना सम्पन्न

बागलुङ, असार १५ । कोरोना कहरकाबिच बागलुङको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्यसम्म आइपुग्दा ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो ।उहाँका अनुसार चालु आर्थिक वर्षमा तमानखोलामा साना ठूला गरि ७३ योजना थिए । […]

साढे ३ करोड लागतमा चार खानेपानी योजना सम्पन्न

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे ३ करोड रुपैयाँभन्दा बढी लागतमा विभिन्न खानेपानी योजना सम्पन्न भएका छन् । चालू आर्थिक वर्षमा गाउँपालिकाका चार, पाँच र ६ नम्बर वडामा कुल ३ करोड ५५ लाख ५५ हजार ५८४ रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएका हुन् । प्रदेश र संघबाट सञ्चालन भएका खानेपानी योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजना सम्पन्न गरिएको परियोजनाले बताएको छ । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सीधै मूलबाट ल्याइएका छन् । उक्त योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवारबाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाइ धारा, सिँचाइ पोखरी निर्माण गरिएको छ । परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने, ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका हुन् ।’ स्थानीयवासीलाई स्वच्छ खानेपानीको सुविधा पु¥याउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजना प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत खानेपानी योजना सञ्चालन भइरहेको छ,’ उनले भने, ‘धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् ।’ गाउँपालिकाभित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको उनले बताए । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहुँचबाट टाढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको बताइएको छ । गाउँमा पुराना मूल सुकेकाले पनि खानेपानीको समस्या भएको छ ।