बेनी नगरपालिकाको अधिकांश योजना सम्पन्न

म्याग्दी, ४ असार । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ । चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका तीन सय ४२ मध्ये जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले तीन सय ३० योजना उपभोक्ता समिति र […]

सम्बन्धित सामग्री

बेनी नगरपालिकामा योजना थपिए

म्याग्दी । बेनी नगरपालिकाको १०औं नगरसभाबाट चालू आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ ओटा पूर्वाधारसम्बन्धी योजना र १६२ ओटा कार्यक्रमका लागि २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । ‘दशओटै वडामा आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ,’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भने, ‘वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।’      सभाले बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न १० लाख विनियोजन गरेको छ । सभाले चालूतर्फको ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालूतर्फको १६ करोड ८५ लाख चार हजार (३७ दशमलव ८५) र पूँजीगततर्फ दुई करोड ९५ लाख ३५ हजार (१२ दशमलव ४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरे । यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कुल चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व संकलन गरेको छ । २ लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ । रासस

म्याग्दीको बगरफाँटमा खानेपानीको हाहाकार

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बांखे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । यसबीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत २ महीनादेखि खोला र कुवाको पानी पानी बाध्य छन् । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएको बेनी–२ बगरफाँटका गोपाल शर्माले बताए । सो स्थानमा २१४ घरधुरी छन् ।      २०६९ सालमा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । यसपछि वर्षेनि बर्खाको समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नभएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार अझै केही दिनसम्म समस्या यथावत् रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइनेछ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रे झरनालगायत पानीका आधा दर्जनभन्दा बढी स्रोत रहेको भए पनि ती स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले खानेपानीको समस्या खेप्दै आएका छन् । रासस