कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ४० प्रतिशत अधुरा आयोजनाहरुलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै भने,‘हालसम्म पनि बजेट तर्जुमाको स्पष्ट मापदण्ड नभएको र तिनै तहका सरकारको अधिकार क्षेत्र निश्चित नहुँदा योजना तर्जुमामा दुविधा उत्पन्न भएको छ । यसलाई व्यवस्थित बना