तमानखोला गाउँपालिकामा लक्ष्य अनुसार योजना सम्पन्न

बागलुङ, असार १५ । कोरोना कहरकाबिच बागलुङको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्यसम्म आइपुग्दा ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो ।उहाँका अनुसार चालु आर्थिक वर्षमा तमानखोलामा साना ठूला गरि ७३ योजना थिए । […]