एकातर्फ ‘सार्क इज डेड’ (सार्क मरिसक्यो), ‘सार्क इज नो मोर’ (सार्क अब रहेन) जस्ता अभिच्युरीहरू दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नाममा धेरै विश्लेषक र विज्ञहरूले लेखिसकेका छन् । अर्कोतर्फ सार्क निष्क्रिय रहेको समयमा ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ (बिमस्टेक) भने चलायमान हुन थालेको देखिन्छ ।