गृहमन्त्री बालकृष्ण खाणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा भएको आगलागीको छानबिन गर्ने बताएका छन् । गृहमन्त्री खाणले आज दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने आश्वासन दिएका हुन् । आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएकाहरुका लागि राखेका सहायता सामग्री जलेको थियो । उनले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उनीहरुका लागि सहायता सामग्री उपलब्ध गराइने बताए ।मन्त्री खाणले प्राधिकरणले उपलब्ध गराउन