सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन

इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेको मेरो बीमाको प्रधान कार्यालय उद्घाटन कम्पनीका संस्थापक तथा बीमा विज्ञ कोषराज सुवेदीले गरेका हुन् ।  गौशालाको पिंगलास्थानमा पशुपति भिजन नजिकैको घरमा मेरो बीमाको प्रधान कार्यालय राखिएको छ । नेपालको इन्स्योरेन्स क्षेत्रलाई डिजिटल बनाउने...

सम्बन्धित सामग्री

आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्थानान्तरण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा कार्यालय स्थानान्तरण गरिएको छ । भक्तपुर नगरपालिका सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको हो । इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् । नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताज्यूहरुले थप सहज र गुणस्थरीय सेवा […]

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीईओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइम लाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए। यसले बिमितलाई घरैमा बसेर बीमालेख खरिद गर्न र सुरक्षित […]

नेको इन्स्योरेन्सको नवनिर्मित बीमा भवन उद्घाटन

काठमाडौं (अस) । नेको इन्स्योरेन्स कम्पनीको ज्ञानेश्वर, काठमाडौंस्थित नवनिर्मित केन्द्रीय कार्यालय बीमा भवनको बीमा समिति अध्यक्ष सूूर्यप्रसाद सिलवालले उद्घाटन गरे । कार्यक्रममा बीमा समिति अध्यक्ष  सिलवालले नेको इन्स्योरेन्सले आफ्नै भवन निर्माण गर्नुले कम्पनी सबल भएको देखिने हुँदा ग्राहकको विश्वास जित्न सफल विश्वास व्यक्त गरे । उनले बीमितलाई छिटोछरितो सेवा दिन कम्पनीलाई निर्देशन दिए । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेल, कम्पनीका प्रथम प्रमुुख कार्यकारी अधिकृत एवं बीमा विज्ञ भोजराज शर्माको समेत उपस्थिति थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतोले मन्तव्य व्यक्त गरेको कार्यक्रममा कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अशोककुुमार खड्काले संस्थाको गतिविधिबारे जानकारी दिए । कम्पनी सञ्चालक समिति अध्यक्ष रोहितकुुमार भट्टराईले नयाँ भवन निर्माणपछि कार्य सञ्चालन सहज हुने धारणा व्यक्त गरे । नवनिर्मित भवनबाट ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीले बताएको छ । केन्द्रीय कार्यालय भवन निर्माण स्थायित्व र ग्राहकको विश्वासको प्रतीक रहेको कम्पनीको भनाइ छ । कम्पनीले नवनिर्मित आधुुनिक भवनबाट ग्राहकलाई अत्याधुनिक बीमा सुविधा उपलब्ध गराइने जनाएको छ ।

एलआईसी नेपालको पोखराको तालचोकमा शाखा

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी )को पोखराको तालचोकमा शाखा सञ्चालनमा आएको छ । कम्पनीको ७१ औं शाखाका रूपमा साविक लेखनाथको तालचोकमा स्थापना गरिएको कार्यालय प्रमुख कार्यकारी अधिकृत एलपी दाँसले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालको कारोबार सुरु

नेपाली बिमा बजारमा नयाँ इन्स्योरेन्स कम्पनी जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुधबारदेखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बिमा समितिबाट सञ्चालनको अन्तिम स्वीकृति प्राप्त गरेपश्चात् बुधबारबाट कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तीसारमा एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष कुनाल क्यालबाट कार्यालय उद्घाटन गरी सेवा सुरु गरेको जनाएको छ ।

चन्द्रपुरमा सनलाइफ उपशाखाको उद्घाटन

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय चन्द्रपुरको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कम्पनीका ब्रान्ड एम्बेस्डर तथा धुर्मुस–सुन्तली फाउन्डेसनका उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) ले पानसमा बत्ती बालेर उपशाखाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा कम्पनीका ब्रान्ड एम्बेस्डर सुन्तलीले जीवन बिमाको क्षेत्रमा आएको सन नेपाल नयाँ कम्पनी भए पनि यसले गर्ने काम, सेवा देशकै उत्कृष्ट रहेको बताइन् ।

आइएमई जनरल इन्स्योरेन्सको शाखा सुर्खेतमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ। कम्पनीका संचालक योगेन्द्र राई तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शुक्रबार संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन्।