चन्द्रपुरमा सनलाइफ उपशाखाको उद्घाटन

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय चन्द्रपुरको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कम्पनीका ब्रान्ड एम्बेस्डर तथा धुर्मुस–सुन्तली फाउन्डेसनका उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) ले पानसमा बत्ती बालेर उपशाखाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा कम्पनीका ब्रान्ड एम्बेस्डर सुन्तलीले जीवन बिमाको क्षेत्रमा आएको सन नेपाल नयाँ कम्पनी भए पनि यसले गर्ने काम, सेवा देशकै उत्कृष्ट रहेको बताइन् ।

सम्बन्धित सामग्री

रौतहटको चन्द्रपुरमा कृषि विकास बैंकको एटीएम सेवा उद्घाटन

जेठ १९, रौतहट । रौतहटको चन्द्रपुरमा रहेको कृषि विकास बैंक लिमिटेड शाखाले एटीएम सेवा सुचारु गरेको छ ।  नेपाल बैंकर संघका अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बुधवार एक कार्यक्रम बीच संयुक्त रुपमा बैंकको एटिएम सेवाको उद्घाटन गरेका हुन् ।  सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले चन्द्रपुर लगायत यस जिल्लालाई नै समेट्ने गरी ग्राहकमुखी कार्य गर्दै आएको बताए ।  गरीबभन्दा गरीब किसानको जिवनस्तर उकास्नमा पनि त्यतिकै मद्दत पुर्‍याउन बैंकले व्यवसायीक कृषि कर्जामा विशेष जोड दिदैं आएको तथा आगामी दिनमा विभिन्न सेवाहरु प्रदान गर्ने बताए ।  चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले बैंकबाट सेवाग्राहीहरुले सर्वसुलभ बैंकिङ सेवा पाइरहेको कुराहरुमा आफू ढुक्क रहेको बताए ।  सो कार्यक्रममा कृषि विकास बैंकका उप–महाप्रबन्धक बाबुकाजि थापा, प्रदेश निर्देशक नारायण प्रसाद आचार्य चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रबि राना मगर, कृषि विकास बैंक चन्द्रपुर शाखाका प्रमुख बिनोद पौडेल लगायतको सहभागिता रहेको थियो ।

चन्द्रपुरमा युनिक टर्न कन्सल्टेन्सीको सेवा शुरु

वैशाख २१, रौतहट । अष्ट्रेलिया जान चाहनेहरुका लागि परामर्श दिने उद्देश्यले चन्द्रपुर- ४ मा युनिक टर्न एजुकेशन एण्ड माइग्रेसन कन्सल्टेन्सी प्रा.लि. सञ्चालनमा आएको छ ।  रौतहटसहित यस क्षेत्रका विद्यार्थीले अष्ट्रेलिया जान उचित परामर्श लिन राजधानी तथा अन्य शहर जानु पर्ने बाध्यता रहेको थियो । तर चन्द्रपुर - ४ स्थित चन्द्रनिगाहपुर चौकमा मंगलवारबाट युनिक टर्न कन्सल्टेन्सी सञ्चालनमा आएपछि यस क्षेत्रका विद्यार्थी तथा अभिभावक खुसी भएका छन् ।  अष्ट्रेलियाका लागि गरिने सबै किसिमको काम यहीबाट उपलब्ध हुने हुँदा समय बचत हुनुका साथै आर्थिक रुपमा समेत फाइदा पुग्ने अभिभावकहरुको भनाइ छ । रौतहटमा पहिलो पटक कन्सल्टेन्सी खोलेर यस क्षेत्रका विद्यार्थीहरुलाई सहज, सहुलियत रुपमा परामर्श दिनुका साथै अष्ट्रेलिया पुगेर आइपर्ने समस्यामा समेत साथमा रहने प्रबन्धक रेखा गुप्ताले बताइन् ।  अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अन्य देशमा भन्दा उत्कृष्ट शिक्षा उपलब्ध गराउन सकिने भएकोले पनि विद्यार्थीहरुको रोजाइमा परेको उनको भनाइ छ । विद्यार्थीहरुलाई दिने सेवा सुविधा राजधानीबाट लिने सेवा सुविधाभन्दा सस्तो हुने भएकोले पनि यस कन्सल्टेन्सी प्रतिविद्यार्थीहरुको आकर्षण बढ्ने उनको अपेक्षा छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर) ले रिवन काटेर कन्सल्टेन्सीको उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, बैंकका शाखा प्रबन्धकलगायतको सहभागिता थियो ।

रौतहटको चन्द्रपुरमा साथीमार्टको नयाँ आउटलेट

नेपालकै ठुलो चेन सुपरमार्केट साथीमार्टले रौतहटको चन्द्रपुर-४ मा नयाँ आउटलेट सुरु गरेको छ । विद्यार्थी जिवनमै रहेका सौरभ बस्नेतले साथीमार्टको फ्रेन्चाइज लिएर आउटलेट सन्चालनमा ल्याएका हुन् ।मार्टको उद्घाटन बाग्मती प्रदेशका प्रदेश सभा सदस्य देवी प्रसाद तिमल्सिनाले गरेका छन् । साथीमार्टको बारेमा जानकारी पाएपछि जिज्ञासा राखी प्रभावित भएर नंया अवसरको रुपमा साथीमार्टको आउटलेट सुरु गरेको बस्नेतले बताए । आफ्नै दाजुभाइहरु मिलि चन्द्रपुरमै नयाँ केही गरुँ भन्ने उद्देश्यले मार्ट प्रती आकर्षण बढेको बस्नेत बताउँछन् ।बाह्रसय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ । फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको चन्द्रपुर शाखा असोज १४ देखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे ।जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु […]

सानिमा बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

सानिमा बैंक लिमिटेडले चन्द्रपुरमा आफ्नो ८३ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकको चन्द्रपुर शाखा असोज १४ देखि औपचारिक रुपमा संचालनमा आएको हो । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित, चन्द्रपुर शाखाको उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे ।जारी कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु […]