काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसनले १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिएको दाबी गरेको छ। यस्तै २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि आउने कर्पोरेसनले जनाएको छ।कर्पोरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ।‘१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डीएपी आफ्ना डिपो\बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ’, कर्पोर