२५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो । बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर साल्टका विभिन्न क्षत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको साल्ट ट्रेडिङका क्षेत्रीय प्रवन्धक ब्रिजेशकुमार झाले रातोपाटीलाई जानकारी दिए । बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रि