तातोपानी : नेपाल चीन बीचको प्रमुख व्यापारीक नाका तातोपानीबाट पहिलो पटक युरिया मल आयात भएको छ। शुक्रबार सम्ममा दुई सय ८० मेट्रिक टन युरिया तातोपानी भन्सार सुख्खा वन्दरगाहमा पुगेको भन्सार कार्यालयले जनाएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चीनको सिगात्से शहरबाट मल तातोपानी नाका हुँदै नेपाल ल्याउन लागेको हो।शुक्रबार चीनको सिगात्सेबाट नेपाल भित्रिएको युरिया मलको प्रगतीबारे जानकारी दिँदै आयात ढुवानी