पूर्वी युरोपमा तनाव चर्किरहेको बेलामा युक्रेनले रुसलाई आगामी ४८ घन्टाभित्र भेटघाटका लागि अनुरोध गरेको छ ।
पश्चिमी मुलुकहरूले युक्रेनमाथि रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भनी चेतावनी दिइरहेपछि युक्रेनले यस्तो अनुरोध गरेको हो ।
युक्रेन सीमामा रुसले एक लाखभन्दा बढी सैनिक तैनाथ गरेपछि पश्चिमी मुलुकहरूले यस्तो अनुमान गरेका हुन् । युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले रुसी सैन्य तैनाथीका विषयमा व्याख्या गर्न औपचारिक अनुरोध गरेको भए पनि मस्कोले बेवास्ता गरेको बताए ।
अब भिएना डकुमेन्ट अन्तर्...