बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाको मृत्यु (अपडेट)

गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् । मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने

सम्बन्धित सामग्री

प्रदेश १ मा बाढी-पहिरोले लग्याे ६ करोडकाे सम्पत्ति

यसै महिनाको सुरुआतमा पूर्वी नेपालमा आएको भीषण बाढी पहिरोका कारण ६ करोड १६ लाख रुपैयाँबराबरको निजी घर तथा सम्पत्तिको क्षति भएको पाइएको छ

आज चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, प्रदेश-१ मा दिनभरि नै झरी

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । वाग्मती, गण्डकी प्रदेशमा केही घण्टापछि पानी पर्न रोकिने र बेलुकीपख फेरि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   तर, प्रदेश-१ मा भने पानी रोकिने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश-१ मा आज दिनभरि नै झरी पर्ने अनुमान छ । आज वाग्मती र प्रदेश-१ सहित गण्डकी र लुम्बिनीका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् भट्...

बेमौसमी  वर्षाले प्रदेश १ का ६ जिल्लामा ६२ जनाको मृत्यु , १३ बेपत्ता

बेमौसमी वर्षाको बाढी र पहिरो प्रकोपबाट प्रदेश १ मा हालसम्म ६२ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छने भने १३ जना अझै बेपत्ता छन् ।  प्रदेश १...

बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बाढी पहिरोले प्रदेश १ मा हालसम्म ७० जनाको मृत्यु भइसकेको जानकारी दिएका हुन्।...

प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।  शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उनले बताए ।मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशभर ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको छ भने एक हजार

प्रदेश १ मा बाढी पहिरोबाट ६४ जनाको मृत्यु

प्रदेश १ मा बाढी पहिरोबाट ६४ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट २० जना घाइते र १२ जना बेपत्ता भएका छन् । तीन दिनयता भएको अविरल वर्षापछि सयौं घर डुबानमा परेका कारण ४ हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन् । प्रदेश १ प्रहरी कार्यालयकाअनुसार प्रदेशमा पाँचथर जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एव प्रवक्ता नविनराज राईका अनुसार पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।पाँचथरको कुम्मायक गाउँपालिका,

प्रदेश १ मा बाढी–पहिरोमा परी ६२ जनाको मृत्यु

मोरङ – अविरल वर्षा, पहिरो र बाढीका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ६२ जनाको बाढी–पहिरोमा परी मृत्यु भएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले पाँचथरमा पहिरोका कारण धेरै मानवीय क्षति भएको छ। उनका अनुसार पाँचथरमा २८ जनाको मृत्यु भएको हो। […]

प्रदेश १ सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिने

मोरङ – प्रदेश १ सरकारले बाढी–पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सोमप्रसाद गुरागाईंले प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय गरेको जानकारी दिए। प्रदेश १ का मुख्यमन्त्री […]

बाढी पहिरोबाट प्रदेश १ मा ४९ जनाको मृत्यु

बाढी तथा पहिरोमा परी प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसीका अनुसार हालसम्म पहिरोमा परी ४६ जनाको मृत्यु भएको छ । त्यसैगरि, बढीमा परेर तीन जनाको मृत्यु भएको छ ।प्रहरी प्रमुख बिसीले पहाडी जिल्लामा पहिरोमा परी सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । इलाममा १३, धनकुटा ७, उदयपुरमा २ जनाको मृत्य भएको छ । त्यसैगरी भोजपुरमा एक र सुनसरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको प्रहरी नायव