सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार जगदीश कुसियतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि अग्रता लिएका हुन् ।पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा कुसियैतले ३०१७३ मत पाएका छन् । अब सो वडाको ५५८ मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।