बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणना अन्तिम चरणमा आउँदा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाणले ८४५ मतले अग्रता कायम गरेका छन्।
मतगणनाको सुरुदेखि नै कांग्रेसका खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार खाणले २३ हजार ३२२ मत पाउँदा एमालेका चापागाईंले २२ हजार ४७७…