साउन २५, काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार बैंकिङ समयसम्म रहेको छ ।
कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर साउन २० गतेदेखि लिलामीमा ल्याएको हो ।
इच्छुक आवेदकले न्यूनतम रू. ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतमको लागि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
मंगलवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्रहरु साउन २७ गते विक्री प्रबन्धकको कार्यालयमा ३ बजे खोलिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।