जुम्लामा तेस्रो पटक हिमपात : तापक्रम माइनस ५ डिग्री

जुम्ला – जुम्लामा फेरि हिमपात भएको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएकाे हो । गएकाे मङ्सिर महिनामा भारी हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ ।  यस पटक पनि भारी वर्षापछि हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ ...

सम्बन्धित सामग्री

हुम्लामा हिमपात, तामक्रम माइनस १४ डिग्रीमा झर्‍यो

सिमकोट – सोमबार रातिबाट हिमपात सुरु भएपछि माथिल्लो हुम्लामा तापक्रम माइनस १४ डिग्री सेल्सियलमा झरेको छ। तापक्रम माइनसमा झरेपछि चिसो बढेको छ। हिमपात भएपछि सिमकोट बजारमा मानिसको चहलपहल कम भएको छ। यस्तै, नाम्खा गाउँपालिकाको लिमी र हिल्सामा हिमपातका कारण चिसो अत्यधिक बढेको छ। चिसोका कारण सरकारी कार्यालय पनि सुनसान बनेका छन्।

हिल्सामा तापक्रम माइनस १४ डिग्री सेल्सियस

सिमकोट – उत्तरतर्फको नेपाल र चीन सीमा क्षेत्र हिल्सामा चिसो अत्यधिक बढेको पाइएको छ। चिसो बढेपछि सो क्षेत्रमा तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झरेको हो। सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले हिल्सामा जाडो निकै बढेको बताए। बिहान र बेलुका तापक्रम माइनस १४ डिग्री सेल्सियसमा झर्ने गरेको छ। यस वर्ष हिमपात नहुँदै […]

हुम्लामा फेरि हिमपात

सिमकोट – हुम्लामा फेरि हिमपात भएको छ। मंगलबार बिहानबाट फेरि हिमपात हुँदा चिसोले स्थानीयको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातले गर्दा मानिसहरु घरभित्रै बसेका छन्। बिहान हुम्ला सदरमुकाम सिमिकोटको तापक्रम माइनस आठ डिग्रीमा झरेको थियो। चिसोले खानेपानीको धारामा बरफ जमेका कारण धारामा पानी आउन छोडेको छ। हुम्लामा यस वर्षको यो तेस्रो हिमपात हो। पहिलो हिमपात […]

चिसोले लिमीको जनजीवन कष्टकर, तापक्रम माइनस २२ डिग्री

सिमकोट – हिमपात भएपछि हुम्लाको हिमालपारीको गाउँ लिमीमा चिसो अध्यधिक बढेको छ। यतिबेला लिमीको तापक्रम घटेर माइनस २२ डिग्रीसम्म पुगेको छ। हिउँदमा अधिकांश समय तापक्रम माइनसमा हुने लिमीमा दुई दिन लगातार हिउँ पर्दा तापक्रम माइनस २२ डिग्री पुगेको नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँका छिरिङ तामाङले बताए। दिउँसो घाम लाग्दा तापक्रम केही घटे पनि बिहान र […]

हिमपातपछि हुम्लामा चिसो बढ्यो, तापक्रम माइनस १२ डिग्री

सिमकोट – भारी हिमपात भएसँगै हुम्लामा चिसो बढेको छ। हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको छ। जाडो बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि सुरु भएको हिमपात अझै पनि जारी छ। अहिले दुई फिटभन्दा बढी हिउँ जमेको छ। बिहानै पढ्न जानुपर्ने एसइईका विद्यार्थी चिसोले गाह्रो भएको बताउँछन्। सिमकोट गाँउपालिका–५ को बालमन्दिर माविमा ट्युसन पढिरहेका […]

हुम्लामा झन् झन् बढ्याे चिसाे, लिमीको तापक्रम माइनस २१ डिग्री सेल्सियस

सिमकोट – हुम्लामा चिसो बढ्ने क्रम निरन्तर रहेको छ। जिल्लाको हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको तापक्रम माइनस २१ डिग्रीमा झरेको छ। पटकपटकको हिमपात, दैनिक बादल लाग्ने र हावाहुरी चल्दा यसवर्ष अत्यधिक चिसो महसुस गरिएको हो। नाम्खा गाउँपालिका– ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले शनिबार बिहान तापक्रम माइनस २१ डिग्रीमा झरेको जानकारी दिए। जसले गर्दा चिसो अत्यधिक […]

हुम्लामा वर्षकै ठूलो हिमपात,  तापक्रम माइनस १२ भन्दा तल

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।

कर्णालीमा हिमपात : मुगुमा पहिलो पटक, किसान हर्षित

मुगु – कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलो साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेको हो । मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । […]

हुम्लामा पुनः हिमपात : किसान खुशी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडि

हुम्लामा कार्तिकबाटै हिमपात- तापक्रम माइनस चार डिग्री

मनसुन सकिएर हिउँद लाग्दै गर्दा पश्चिमी वायु र बंगालको खाडीको वायुको चापले नेपालमा बेसमयमै हिउँदे वर्षा र हिमपात सुरु भएको छ । आइतबार बेलुकाबाट परेको बर्षासगै हुम्लामा हिमपात सुरु भएको छ चीनसँगको सिमाना जोडिएको जिल्लाकोउत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको …