हिमपातपछि हुम्लामा चिसो बढ्यो, तापक्रम माइनस १२ डिग्री

सिमकोट – भारी हिमपात भएसँगै हुम्लामा चिसो बढेको छ। हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको छ। जाडो बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि सुरु भएको हिमपात अझै पनि जारी छ। अहिले दुई फिटभन्दा बढी हिउँ जमेको छ। बिहानै पढ्न जानुपर्ने एसइईका विद्यार्थी चिसोले गाह्रो भएको बताउँछन्। सिमकोट गाँउपालिका–५ को बालमन्दिर माविमा ट्युसन पढिरहेका […]