सरकारी कार्यालयमा ११ अर्ब २८ करोड ४५ लाख २६ हजार ५ सय ९५ रुपैयाँ बराबरको कार तथा जीप रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ३ हजार सरकारी कार्यालयमा (संघीय सरकारको मात्र) सो मूल्य बराबरको गाडी रहेको तथ्यांकमा उल्लेख छ । यस्तै २ अर्ब ७ करोड २ लाख ७० हजार रुपैयाँ बराबरको मोटरसाइकल सरकारी कार्यालयमा छन् । महालेखा नियन्त्रकको कार्यालयले राख्न शुरु गरेको सार्वजनिक सम्पत्तिको अभिलेखमा सो मात्रामा गाडी रहेको देखिएको हो । सरकारको सम्पत्ति कति र कुन अवस्थामा रहेको छ अभिलेखमा हेर्न सकिनेछ ।